मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |

नेप्सेमा सामान्य अंकको गिरावट

Nagarik Sewa 3912+ समाचार ( )
४ आश्विन २०८२, बुधवार

काठमाडौं । बुधबार पनि नेप्से परिसूचक घटेको छ। नेप्से १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा बन्द भएको छ।यसदिन कारोबार रकम भने बढेको छ। मंगलबार सात अर्ब ६५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार नौ अर्ब आठ करोड रूपैयाँको कारोबार भएको छ। 

अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ४३ करोड रूपैयाँ बढेको हो। आज ३१४ वटा धितोपत्रको दुई करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ वटाको घटेको छ। एउटा कम्पनी स्थिर रहेको छ। यसदिन पियोर इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २०७ रूपैयाँ २० पैसा कायम भएको छ। यस्तै, जोशी हाइड्रोपावरको मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४५० रूपैयाँ ७३ पैसा पुगेको छ। कर्पोरेट डेभलपमेन्टको मूल्य सर्वाधिक ७.३९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४०९ रूपैयाँ ९० पैसामा झरेको छ।

यसैगरी, सप्तकोशी डेभलपमेन्टको मूल्य ३.३९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९५४ रूपैयाँ ६९ पैसा कायम भएको छ। बुधबार सानिमा माई हाइड्रोपावरपावरको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ६४९ रूपैयाँमा ७१ करोड ७८ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८१ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिंगटी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३२० रूपैयाँ ५० पैसामा ६१ करोड ८० लाख बराबरको सेयर कारोबार भएको छ।   आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको परिसूचक घटेको छ।  यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.२५ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार