कर्मचारीको नियुक्ति र सरुवा मापदण्ड फलो गरौँ : सांसद भट्टराई
कर्मचारीको नियुक्ति र सरुवा मापदण्ड फलो गरौँ : सांसद भट्टराई

Nagarik Sewa 4431+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद  योगेश भट्टराईले कर्मचारीको नियुक्ति र सरुवा मापदण्ड फलो गर्नुपर्ने बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  

सांसद भट्टराईले जनताले दक्ष प्रशासन खोजेको बताए । उनले भने, 'संविधान निर्माणपछिको डिपार्चर हो  ।यसलाई विधेयकले सम्बोधन गर्नुपर्छ । विगतका मान्यता बदल्नुपर्छ ।

राजाको पालामा कर्मचारीको काम कहिले जालाघाम भन्ने थियो ।' आफ्नो काम, सन्तोषजनक दाम, सेवामा हुनेछैन कम भन्ने नारा हुँदा राम्रो हुन्छ । 

सांसद भट्टराईले कर्मचारीको सरुवा गर्दा कम्तीमा दुई वर्ष कुलिङ पिरियड राख्नुपर्ने बताए । उनले कर्मचारी ट्रे्ड युनियनको बहस नगर्न पनि आग्रह गरे ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार