गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक

Nagarik Sewa 4424+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

काठमाडौं । गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ। बरालले स्वर भरेको गीतको शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका हुन्।

नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो मुस्कान ढकालले निर्देशन गरेका हुन्।  जसमा गायिका बरालसँगै स्मारिका ढकाल र शुरेस कोलीको अभिनय देख्न सकिन्छ।

नैना र रेशमबीचको प्रेमभावलाई देखाइएको उक्त भिडियोको छायाङ्कन उत्तम हुँमागाईंले गरेका छन् भने सम्पादन विकास ढकालले गरेका हुन्।सञ्चारकर्मीसमेत रहेकी गायिका बरालले यसअघि माया छ कि छैन, खानदानी छोरी, हरेक रात सपनीमा, नरिसाउन होइ लगायतका गीत गाएकी छन्।

https://www.youtube.com/watch?v=jUs7p8bB8jo

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै