५.४१ अंकले घट्यो नेप्से

Nagarik Sewa 4376+ समाचार ( )
२८ पौष २०८१, आइतबार

काठमाडौं। सेयर बजार बजार मापन गर्ने सूचक (नेप्से) २५.४१ अंकले घटेर परिसूचक २६०९.६७ बिन्दु कायम भएको छ । बजारसँगै कारोबार रकम समेत घटेको छ ।

कारोबारमा ३०१ कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता सेयर ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३२३ रुपैयाँको सेयर कारोबार भएको छ । आज सबै समूहको उपसूचक राताम्मे भएका छन् । साताको पहिलो दिन आइतबार ४४ कम्पनीको कारोबार बढेको छ भने १९३ कम्पनीको घटेको छ ।

बजारमा पहिरो गएको दिन वन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड ४१ लाख ५३ हजार ८७२ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा सिन्धु विकास बैंक र सिंगटी हाइड्रो इनर्जी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार