प्रधानमन्त्री र मन्त्रीको विदेश भ्रमणबारे समितिलाई जानकारी हुनुपर्नेमा अध्यक्ष नेपालको जोड

Nagarik Sewa 4435+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरुले वैदेशिक भ्रमणबारे पूर्वजानकारी र ब्रिफिङ समितिलाई नगरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

‘हाम्रा मन्त्री र प्रधानमन्त्रीहरूको विदेश भ्रमणको बारेमा समितिलाई जानकारी गराउने कुरा अनिवार्य गराउनुपर्छ । यसको आवश्यकता उहाँहरूलाई पनि बोध गराउनुपर्छ,’ उनले भने । विश्व समुदायमा भइरहेका कतिपय घटनाहरूमा नेपाल समेत नेपालसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबारे समितिलाई जानकारी गराउन समिति सभापतिको ध्यानाकर्षण गराए ।

‘मन्त्रीज्यूहरूको वैदेशिक भ्रमण भइरहेको छ । तर यो समितिमा त्यसको बारेमा कुनैपनि जानकारी छैन । यस कुरामा समिति र समिति सभापतिज्युको ध्यान जानुपर्ने आवश्यकता छ,’ नेपालले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै