गभर्नर नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन

Nagarik Sewa 4435+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

काठमाडौं । गभर्नर नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।  योग्यता नपुगेका व्यक्तिलाई सरकारले गभर्नरमा नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट निवेदन परेको हो । सरकारले ६ जेठमा नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो ।

तर, सरकारको उक्त निर्णयविरुद्ध शुक्रबार अधिवक्तात्रय अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रतीले सर्वोच्चमा रिट निवेदन दिएका हुन् । 

उनीहरूले अयोग्य व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् । राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रूपमा गभर्नरमा नियुक्त गरिएको दाबी अधिवक्तात्रयको छ । रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार