नेकपा एसको वार्षिक सदस्यता शुल्क १ सय

Nagarik Sewa 4849+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टी सदस्यता शुल्क वापत सदस्यहरुबाट वार्षिक १ सय रुपैयाँ लिने भएको छ । सो पार्टीको आजबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटीमा विधान अनुसार तयार पारेर पेस भएको नियमावली–२०८१ को परिच्छेद २ मा सदस्यता सम्बन्धी व्यवस्था गरिएको छ ।  

जसमा पार्टी साधारण सदस्यता लिन आवेदन दिन रु १० तिर्नुपर्ने छ भने संगठित सदस्यताका लागि रु २० तिर्नुपर्ने व्यवस्था गरेको उल्लेख छ ।  हरेक पार्टी सदस्य र संगठित सदस्यले विधानको धारा २२ बमोजिम पार्टी सदस्यता लिन रु एक सय र संगठित सदस्यका लागि रु २ सय तिर्नुपर्ने व्यवस्था गरेको छ । 

त्यसरी लिइएको सदस्यता शुल्कको १५ प्रतिशत केन्द्रीय कमिटीमा, १५ प्रतिशत प्रदेशमा, १५ प्रतिशत जिल्लामा, १५ प्रतिशत सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटीमा,  १५ प्रतिशत सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटीमा, १५ प्रतिशत नगर वा इलाका  र १० प्रतिशत वडा शाखा कमिटीमा रहने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार