मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

सेन्ट लरेन्स कलेजको वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

Nagarik Sewa 4519+ समाचार ( )
१९ माघ २०८१, शनिबार

काठमाडौं। सेन्ट लरेन्स कलेजले स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायहरूको वार्षिकोत्सव भव्यतासाथ सम्पन्न गरेको छ। शनिबार कपनस्थित ए-वान क्याफे एण्ड पार्टी भेन्युमा आयोजित विशेष कार्यक्रममा एमबीएस, बीएससी सीएसआईटी, बीसीए, बीबीएस, बीए, र बीएसडब्ल्यू संकायका विद्यार्थीहरूको वार्षिकोत्सव उल्लासपूर्ण वातावरणमा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा पुरस्कृत विद्यार्थीहरूलाई सम्मान गर्दै कलेजका अध्यक्ष दंगालले हजारौं विद्यार्थीहरूको भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा, अनुशासन र सीप वृद्धिमा कलेज निरन्तर प्रयासरत रहेको बताउनुभयो। उहाँले अन्य कलेजहरूमा विद्यार्थीको संख्या घटिरहेका बेला सेन्ट लरेन्स कलेजमा विद्यार्थीहरूको आकर्षण बढ्दो रहेको कुरा उल्लेख गर्दै कलेजले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो।

क्याम्पस प्रमुख महर्जनले उच्च शिक्षा प्राप्त गर्दै गरेका विद्यार्थीहरूलाई रोजगारको अवसर प्रदान गर्न विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्झौतासम्मिलित सम्झौताबद्ध (MOU) गरिएको जानकारी गराउनुभयो। उहाँका अनुसार बैंक, जीवन बीमा, सूचना प्रविधि (आईटी) र अन्य क्षेत्रका प्रतिष्ठित संस्थाहरूसँग सम्झौताहरू भएका छन्। साथै, विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा प्राप्त गर्न निरन्तर मेहनत गर्न आग्रह गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि कुलमान घिसिङले आफ्नो विद्यालय र कलेज जीवनका अनुभवहरू साझा गर्दै विद्यार्थीहरूलाई मिहिनेत र दृढ इच्छाशक्तिको महत्व बताउनुभयो। उहाँले आफ्नो कठिन परिश्रम र समर्पणको कारण आजको सफलतासम्म पुग्न सकिएको बताएर विद्यार्थीहरूलाई समर्पण र मेहनतको बाटो अपनाउन सुझाव दिनुभयो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय र कलेजका आन्तरिक परीक्षा तथा विभिन्न अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टता, अनुशासन, र भविष्य निर्माणका लागि प्रेरित गरेको यस कार्यक्रमले कलेजले आगामी दिनहरूमा पनि नवीनतम अवसरहरू सिर्जना गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान दिने प्रतिबद्धता जनायो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ हुनुहुन्थ्यो। साथै, कलेजका अध्यक्ष केशव दंगाल, प्रधानाध्यापक तारा प्रसाद सुवेदी, क्याम्पस प्रमुख पुरूषोत्तम महर्जन, निर्देशक विष्णुहरी न्याैपाने, प्राध्यापकहरू र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार