१२.२६ अंकले घट्यो नेप्से

Nagarik Sewa 4515+ समाचार ( )
१ आश्विन २०८३, सोमबार

काठमाडौं। सोमबार सेयर बजार मापक नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा पुगेको छ। नेप्सेमा कुल ३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको बजारमा सोपान फर्मासयुटिकलसका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्। यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै