जेनजी प्रदर्शनमा आगजनी भएका ४६५ मध्येको ४०१ वटा प्रहरी कार्यालय सञ्चालनमा

Nagarik Sewa 4431+ समाचार ( )
१ कार्तिक २०८२, शुक्रबार

काठमाडौं। जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल समूहले आगजनी गरेको ४६५ मध्येको ४०१ वटा प्रहरी कार्यालय सञ्चालनमा आएको छ । 

७० औँ प्रहरी दिवसको अवसरमा आयोजित अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले भने– ‘समुदाय स्तरबाट स्वतःस्फूर्त रूपमा ती कार्यालय सञ्चालनमा आएका छन्, सहयोगी हातहरू प्रति नमन गर्न चाहन्छु ।’

नेपाल प्रहरीमा अहिले ७९ हजार ५४१ जनशक्ति कार्यरत छन् । देशभरबाट ९३९ स्थानमा नयाँ प्रहरी इकाईको माग भएको उल्लेख गर्दै खापुङले भने– ‘हामीलाई थप २५ हजारभन्दा धेरै जनशक्ति आवश्यक पर्ने कुरा गौरवको साथ जानकारी गराउन चाहन्छ ।’ प्रहरीको व्यवहारमाथि उठ्ने प्रश्न चिन्हलाई नजरअन्दाज गर्न नमिल्ने उनले बताए । खापुङले भने– ‘हामीले आफूलाई शुद्धीकरण गर्न जरुरी छ ।’  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार