मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

पूर्वप्रधानन्यायाधीश कार्की प्रथम महिला प्रधानमन्त्री बन्न सफल

Nagarik Sewa 5112+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ भएको सहमति अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राति ९ बजे अन्तरिम सरकारकाे प्रधानमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथग्रहण गराइने भएको छ।

नेपालकाे इतिहासमा पूर्वप्रधानन्यायाधीश कार्की प्रथम महिला प्रधानमन्त्री बन्न सफल हुनुभएकाे हाे । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले कार्कीको नियुक्ति र शपथग्रहण लगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्ने भएकाे बताउनुभयाे। साेही बैठकले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गर्ने सहमति भएको छ।

मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि राष्ट्रपति पाैडेलबाट स्वीकृत हुने उहाँले बताउनुभयाे ।आन्दोलनरत जेन९जी युवाहरूको मागअनुरूप संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।

राष्ट्रपति पौडेल र जेनजी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्ने बारेमा कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो। राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र प्रधानमन्त्री भएपछि पहिलो मन्त्रिपरिषद बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनु भनिएकाे कार्यालयले जनाएकाे छ ।

तर आन्दोलनरत जेनजीका प्रतिनिधिहरू संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहेका थिए । साेही आधारमा वार्ता लम्बिँदै गएको थियो। अन्तत: शुक्रबार राति जेनजीकै माग अनुरूप संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै