रवि लामिछाने रूपन्देही जिल्ला अदालतमा उपस्थित

Nagarik Sewa 4501+ समाचार ( )
९ माघ २०८१, बुधवार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएका छन्।

अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बुधबार कार्यालय खुलेलगत्तै लामिछाने अदालतमा उपस्थित भएको बताए। बुटवलको सुप्रिम सहकारीको बचत ठगी र संगठित अपराधमा लामिछानेविरूद्ध मुद्दा दर्ता भएको थियो।

‘उहाँ कार्यालय खुल्नेबित्तिकै अदालतमा उपस्थित हुनुभएको हो, अदालती प्रक्रियाअनुसार केही समयमै कुन इजलासमा पठाउने निश्चित हुनेछ,’ मरासिनीले भने। लामिछाने मंगलबार साँझ नै केही कानुन व्यवसायीको साथमा भैरहवा आएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार