काठमाडौं। आईसीसी यू १९ टी२० महिला विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्ड विरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले आज दुई परिवर्तन गरेको छ ।
सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरूङ टिममा आएका छन् । नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । आजको खेल जित्दै सुपर सिक्स सम्भावना बलियो बनाउन चाहनेछ ।