काठमाडौं। रसुवाको भोटेकोशीमा गए राति आएको बाढीले मितेरी पुललगायतमा क्षति पुर्याएको छ। बाढीले नेपाल-चीन नाका जोड्ने मितेरी पुल बगाएर पूर्ण रूपमा क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारीअनुसार चीनको क्षेत्रमा परेको अविरल वर्षाका कारण गोसाइकुण्ड गाउँपालिका २ स्थित रसुवागढीमा बाढी आएको हो।
इभी चार्जिङ स्टेशनमा क्षति पुगेको छ भने करिब ७र८ वटा गाडी बगाएको छ। रसुवागढी हाड्रोपावरमा क्षति पुगेको छ। एक जना नेपाल प्रहरी, एक जना सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी ९ जनाको भने उद्धार गरिएको छ। तीन जना प्रहरी, ९ जना नेपाली सेना, ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता रहेको रसुवा प्रहरीले जनाएको छ। गोसाइकुण्ड गाउँपालिका ५ पासाङल्हामु सडकखण्डस्थित धुन्चेदेखि टिमुरेसम्मको बाटो बाढीका कारण ठाउँठाउँमा भत्किएको छ।