गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिइन्

Nagarik Sewa 4851+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

काठमाडौं। गायिका स्मिता दाहाल शुक्रबार काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा विवाह बन्धनमा बाँधिएकी छिन् । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् । 

समारोहमा प्रचण्डका साथै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, केदार घिमिरे ‘माग्ने बूढा’, जितु नेपाल, सन्दीप क्षेत्री, संगीतकार चेतन सापकोटा लगायत उपस्थित छन् ।

प्रचण्डकी छोरी गंगा दाहालकी छोरी स्मिताले गाएका ‘मायालु तिमी कता छौ’ लगायत गीत चर्चित छन् । सायुज्यले एमबीए अध्ययन गरेका छन् । उनी व्यवसायी रहेको बताइएको छ । स्मिताले अन्तर्राष्ट्रिय बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार