प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्नेः सांसद राई

Nagarik Sewa 4807+ समाचार ( )
२४ असार २०८३, बुधवार

काठमाडौं। नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन्। बैठकमा राईले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको आरोप लगाए।

 ‘प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखियो, तर निर्माण व्यवसायीको खुट्टा भाँचिदिन्छु भन्ने मन्त्री र प्रहरीलाई सडकमा घिसार्छु भन्ने सांसदलाई किन कारबाही हुँदैन ? ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म ?,’ राईले भने। उनले नागरिकलाई सच्याउने मौका दिनुपर्ने तर राज्यले प्रतिशोध लिन नहुने बताए। 

सरकारको कार्यशैलीले मुलुकमा लोकतन्त्रको साटो अराजकता मौलाउँदै गएको भन्दै संसद्‌मा उनले  ध्यानाकर्षण गराए। प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र सरकारको दोहोरो मापदण्डप्रति पनि राईले आपत्ति जनाए। सांसद राईले नियम र कानुन सबैका लागि बराबर हुनुपर्ने बताए । ‘जब लोकतन्त्रमा नियम मानिँदैन वा एकथरीलाई मात्र नियम लाग्छ, त्यहाँबाट अराजकता सुरु हुन्छ । अहिले संसद् र सरकार बिस्तारै त्यही दिशातर्फ उन्मुख भएको देखिन्छ,’ राईले भने । उनले प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित भएर आफ्ना अभिव्यक्तिबारे स्पष्टीकरण दिन सभामुखसँग रुलिङको माग गरे । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै