मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

६ वटा संसदीय समितिको बैठक बस्दै

Nagarik Sewa 4697+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

काठमाडौं। आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिबारे छलफल हुनेछ । 

बिहान साढे ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपालमा जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरू तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरूमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरू र आगामी दिनहरूमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै