काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनचाँदीको मूल्य घटेको छ। यस दिन सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको हो।
आइतबार एक तोला सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९० हजार ७०० रुपैयाँ थियो। यता, चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँ कायम भएको छ।