सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Nagarik Sewa 4431+ समाचार ( )
६ मंगशिर २०८२, शुक्रबार

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ३०० ले घटेको छभने त्यति नै परिमाणको चाँदी ८५ ले घटेको छ । 

आज एक तोला सुनको मोल रु दुई लाख ४१ हजार ७०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १०० कायम भएको छ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार