मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

हत्या त परको कुरा जनयुद्धमा एकजनालाई आफूले नपिटेको प्रचण्डको स्पष्टोक्ति

Nagarik Sewa 2364+ समाचार ( )
२९ चैत्र २०८१, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता/कार्यकर्ताहरुले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले १७ हजार मानिसहरु युद्धको नियमानुसार मारिएको बताउनुभयो । उहाँले त्यसबेला राज्य पक्षले कति र विद्रोही पक्ष (तत्कालिन माओवादी)ले कति हत्या गर्यो भन्नेकुरा अध्ययन गर्न सकिने बताउनुभयो ।

अध्यक्ष दाहालले बिना अध्ययन आफूमाथि आरोप लगाइएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले १७ हजार मानिस प्रचण्डले मारेको भन्ने आरोपको खण्डन गर्दै आफूले अहिलेसम्म एक जनालाई पनि नपिटेको बताउनुभयो । उहाँले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताउनुभयो ।

अध्यक्ष दाहालले सबै नेताहरु उस्तै हुन् भन्ने भाष्य बनाइएको भन्दै आपत्ति जनाउनुभयो । लोकतन्त्रलाई नेतातन्त्र भनेकोप्रति पनि उहाँको असन्तुष्टि छ । उहाँले यसको फाइदा निरंकुश र तानाशाहीलाई भइरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले यौनजन्य हिंसामा परेका हजारौँ पीडित महिलाहरुलाई अगाडि ल्याउन कोही न कोहीले जोखिम उठाउनुपर्ने बताउनुभयो । द्वन्द्वकालमा यौनजन्य हिंसामा राज्य पक्ष र विद्रोही पक्ष कति जिम्मेवार छ भन्नेकुरा भन्न डराउन नहुने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै