मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

उपसभामुखको सुझाव : कपि पेस्ट नगर्नुहोस्, मेहनत गरेर समाचार लेख्नुहोस्
उपसभामुखको सुझाव : कपि पेस्ट नगर्नुहोस्, मेहनत गरेर समाचार लेख्नुहोस्

Nagarik Sewa 4519+ समाचार ( )
१ पौष २०८१, सोमबार

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले पत्रकारहरूलाई निराश हुने मात्र हैन, नयाँ बच्चाहरूलाई जाँगर आउने समाचार पनि लेख्न आग्रह गरेकी छन् ।

संसदीय मामिला पत्रकार समाजले तयार पारेको पुस्तक संसदीय पत्रकारिता अवधारणा र अभ्यास पुस्तक विमोचन कार्यक्रममा बोल्दै रानाले सो कुरा बताएकी हुन् ।

उनले भनिन्, ‘ तपाईँहरूले निराश हुने मात्र हैन, नयाँ बच्चाहरूलाई जाँगर आउने समाचार लेख्नुहोस् । यहाँ त निराशा मात्र छ । तपाईँहरूको देश बचाउन ठुलो भूमिका हुन्छ ।

त्यसअनुसार समाचार तपाईँहरूले समाचार लेख्दिनु होला । जानी/नजानी अन्याय नगर्नु होला । कपि पेस्ट नगर्नुहोस्, मेहनत गरेर समाचार लेख्नुहोस् ।’

उनले जनतालाई सुसूचित गर्ने काम पत्रकारको भएको स्मरण गराइन् । ’हामी कहिलेकाहीँ सत्य बोल्दा जनता डिप्रेसनमा जान सक्छ , तपाईँहरूले त्यसमा पनि ख्याल गरेर समाचार निकाल्नु पर्छ,’ उनले भनिन्, ‘कसै कसैले राजनीतिक प्रभावमा परेर काइते समाचार पनि लेख्छन् ।’ 

फरक प्रसङ्गमा उनले संघीयता ठिक छ किन छैन भन्ने बहस भइरहेको जिकिर गरिन् । ‘तर १० वर्ष भए पनि नीति बनेको छैन, कसरी ठिक बेठिक हुन्छ र ?’ उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै