काठमाडौं। निर्वाचन आयोगमा हालसम्म ३५३४ समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको छ । ६५ दलले बुझाएको बन्दसूचीमा ३५३४ उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार ५४ वटा दल आआफ्नो चुनाव चिन्हमा र १० वटा दल ४ ओटा चुनाव चिन्हमा चुनावमा होमिएका छन्। सरकारले फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ भने सोहीअनुसार सोमबारसम्म समानुपातिकतर्फको मनोनयनको समयसीमा रहेको थियो ।