गगन थापा बिहीबार आफ्नो निर्वाचन क्षेत्र जादैं

Nagarik Sewa 4849+ समाचार ( )
८ माघ २०८२, बुधवार

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा आफूले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही–४ मा बिहीबार मात्रै जाने हुनुभएको छ। मंगलबार मधेस प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गराउनुभएका सभापति थापा बिहीबार मात्रै निर्वाचन क्षेत्रमा जाने तयारीमा रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। 

‘भोलिमात्रै आफूले उम्मेदवारी दिएको क्षेत्रमा जाने कि भन्ने योजना बनाइरहनु भएको छ,’ चालिसेले भन्नुभयो, ‘निश्चित भने भइसकेको छैन ।’ यसअघिका ३ निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट जितेका थापा यो पटक मधेसमा पुगेर निर्वाचन लड्दै छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार