काठमाडौं। साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउ सार्वजनिक भएको छ । उक्त दिन सुनको भाउ स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आजका लागि पनि सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।