मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

८३.३३ अंकले बढ्यो नेप्से

Nagarik Sewa 5112+ समाचार ( )
२३ चैत्र २०८२, सोमबार

काठमाडौं। सोमबार सेयर बजार परिसूचक नेप्से ८३.३३ अंक अर्थात् ३.११ प्रतिशतले बढेर २७६०.०२ बिन्दुमा उक्लिएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्से १०५ अंकले घट्दै २६७६.६८ बिन्दुमा खुम्चिएको थियो। अर्थमन्त्रीको आश्वासनपछि लगातार घटिरहेको सेयर बजार सोमबार भने सम्हालिएको छ । रास्वपा सरकार बनेदेखि लगातार संकुचित बन्दै गएको सेयर बजार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको आश्वासनपछि सोमबार भने केही मात्रामा सम्हालिन पुगेको हो । 

गत साताको बिहीबार नेप्से ५.८२ अंकले बढेको थियो । त्यसअघि, बुधबार नेप्से ७४.७३ अंकले घटेको थियो भने मंगलबार १९.७० अंकले बढेको थियो । यस्तै, गत साताको सोमबार नेप्से ४७.७१ अंक र गत आइतबार भने नेप्से ७१.०५ अंकले घटेको थियो। सोमबार कारोबारमा आएकामध्ये २६४ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ । आइतबार भने ७ कम्पनीको सेयर मूल्य बढ्दा २६१ कम्पनीको घटेको थियो ।

सोमबार अर्थमन्त्री वाग्लेले धितोपत्र दलाल व्यवसायी र पत्रकारसँगको भेटका क्रममा लगानीकर्तालाई नआत्तिन आग्रह गरेका थिए । बलियो, उदार र निजी क्षेत्रमैत्री सरकार आएकाले साना लगानीकर्तालाई उचाल्ने वा थेचार्ने ढंगमा सक्रिय समूहका पछाडि लाग्न नहुने तर्क उनले गरेका थिए । सोमबार नेप्सेमा कुल १० अर्ब ९२ करोड माथिको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल १२ अर्ब १८ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

आज उपकार लघुवित्त वित्तीय संस्था, भुजुङ हाइड्रोपावर, रिडी पावर कम्पनी, नेशनल हाइड्रो पावर, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सुर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार