काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । अहिले ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबामा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल बिच छलफल हुन लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा तीन शीर्ष नेताबीच संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।