मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

आजदेखि चलचित्र केटी हराएको सूचना प्रदर्शनमा

Nagarik Sewa 4868+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

काठमाडौं। दीपेन्द्र गौचनको लेखन र निर्देशन रहेको चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। यो चलचित्रले फरक संस्कृतिमा आधारित प्रेमकथा र त्यसले निम्त्याउने सामाजिक चुनौतीलाई उजागर गरेको छ । चलचित्रमा नाजिर हुसेनको मुख्य भूमिकासँग सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, अर्जुन पोखरेललगायतको अभिनय रहेको छ । अमितेष शाहको विशेष भूमिका समेत रहेको यस चलचित्रमा कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ । 

चलचित्रको कथा मधेशी समुदायकी एक केटी र पहाडी समुदायका केटाबीचको प्रेम सम्बन्धमा आधारित छ । सामाजिक सञ्जालमार्फत जोडिएका यी दुई पात्रले फरक संस्कृतिमा आधारित समाजका विभिन्न चुनौती र उतारचढावको सामना गर्नुपर्दा आउने परिस्थितिहरूलाई कथाको केन्द्रबिन्दु बनाइएको छ।

चलचित्रको छायाँकन अमर महर्जनले गरेका छन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् । चलचित्रको संगीत दीपेन्द्र गौचन, प्रवेश मल्लिक, र करुण थापाले तयार पारेका छन् ।

चलचित्रले प्रेम, सामाजिक अन्याय, सांस्कृतिक विभाजन, र सहअस्तित्वको सन्देशलाई कलात्मक रूपमा समेटेको छ । यसले समाजमा जातीय तथा सांस्कृतिक विभाजनले प्रेम सम्बन्धमा ल्याउन सक्ने चुनौतीलाई देखाउँदै सकारात्मक संवादको शुरूवात गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार