कञ्चनपुर जिल्ला प्रशासनद्वारा छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न स्थानीय तहलाई पत्राचार

Nagarik Sewa 4426+ समाचार ( )
३० आश्विन २०८२, सोमबार

कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला भित्रका सबै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न पत्राचार गरेको छ। छाउपडी  बसेकी कृष्णपुर नगरपालिका–१ निगाली टोलकी २८ वर्षीया कमला दमाईको शनिबार राति सर्पदंशबाट मृत्यु भएपछि प्रशासनले यस्तो पत्रचार गरेको हो । 

सोमबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा कञ्चनपुरका ७ नगरपालिका र २ गाउँपालिकालाई सामुदायिक रूपमा जरा गाडेर बसेको यो कुप्रथा अन्त्य गर्न ‘विशेष अभियान’ सञ्चालन गर्न भनिएको छ।

पत्रमा भनिएको छ, ‘महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेकी महिलाको मृत्यु जस्तो दुखद घटना दोहोरिन नदिन परम्परागत रुपमा चलिरहेको कुप्रथा उन्मूलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।’ प्रशासनले भीमदत्त, दोधारा चाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिकालाई आवश्यक निर्णयसहित छाउगोठ भत्काउने कार्य तत्काल सुरु गर्न अनुरोध गरेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार