मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

३.२७ अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 4697+ समाचार ( )
८ पौष २०८२, मङ्गलबार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा नेप्से आज ३.२७ अङ्कले बढेर २५८४.४९ विन्दुमा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा ०.१२ प्रतिशतको वृद्धि हो ।

आज बजारमा ३ अर्ब ४२ करोड कारोबार भएको छ । कुल ९२ हजार ७४६ पटकको कारोबारमार्फत ३२८ कम्पनीका ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर खरिदबिक्री भएका छन् । आजको कारोबारमा १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ । कारोबार भएकामध्ये बाँकी ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज बजारमा कुल १३ समूहका सूचकमध्ये ७ सूचक बढेका छन् भने बाँकी ६ समूहका सूचक घटेका छन् । अन्य समूहमा सबैभन्दा धेरै १.२८ प्रतिशत वृद्धि हुँदा अरू सबै समूहमा एक प्रतिशत भन्दा कम उतारचढाव रहेको छ । आज एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७.०१ प्रतिशत बढेर ८०६ रुपैयाँ पुगेको छ । 

त्यस्तै गुराँस लघुवित्तको मूल्य ६.०१ प्रतिशत र सयपत्री हाइड्रोपावर को ५.९६ प्रतिशतले वृद्धि भएको छ । आज सिटिजन्स लाइफ कम्पनीको सेयर मूल्य सर्वाधिक ५.९७ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नै शीर्ष स्थानमा रह्यो, यो कम्पनीको ३० करोड ९८ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएका छन् । अरू कम्पनीको १० करोडभन्दा कम नै कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार