माओवादी केन्द्रको जेठ २ गतेदेखि मध्पहाडी लोकमार्ग जागरण अभियान सुरु

Nagarik Sewa 4431+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

काठमाडौं। नेकपा माओवादी केन्द्रको प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले जेठ २ गतेदेखि मध्पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गर्ने निर्णय गरेको छ ।

अभियान कुन ठाउँबाट सुरु गर्ने भन्ने विषयमा ठोस निर्णय नभइसकेको तथा विस्तृत कार्यक्रमलाई मूर्तरूप दिन अर्को बैठकले गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार भर्खर सम्पन्न भएको पहिलो चरणको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको छ । 

पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गरेको थियो । फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार