निर्वाचन आयोगमा दल दर्ता गर्यो कांग्रेसले

Nagarik Sewa 4426+ समाचार ( )
८ मंगशिर २०८२, आइतबार

काठमाडौं। आइतबार नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘आज हामीले गएर निर्वाचन आयोगमा दल दर्ताको सबै काम सकेका छौं,’ पौडेलले भने। राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि प्रक्रिया पूरा गरिएको उनले बताए। कांग्रेसले हिजोमात्रै आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ भने प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा तय भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार