विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सकिन्छः अध्यक्ष प्रचण्ड

Nagarik Sewa 4426+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

काठमाडौं । संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सकिने बताएका छन्। अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान बन्दा माओवादीले राखेको फरक मत अहिले सम्बोधन गर्नु पर्ने बेला आएको बताएका हुन् ।

त्यसबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था हुनुपर्ने लगायतका विषयम आफूहरुले फरक मत राखेको बताउँदै प्रचण्डले अहिले जेनजी आन्दोलनले त्यसलाई पुष्टि गरिदिएको बताएका छन्। त्यसबेलाका ठूला भनिकए (कांग्रेस/एमाले)ले अहिले जेनजीले उठाएका विषयलाई संविधानमार्फत सम्बोधन हुन नदिएको दाबी गर्दै प्रचण्डले अहिले जेनजी आन्दोलनले आधार तय गरेको बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानका विषय ठीक थिए भन्ने जेनजी आन्दोलनले पुष्टि गरेको दोहोर्‍याउँदै प्रचण्डले संविधानलाई संशोधन गरेर जानु पर्ने धारणा राखेका हुन् । ‘हामीले संविधान बनाउँदा भिन्न मत राखेका थियौं । जेनजीको आन्दोलनले फेरि पुष्टि गरेको छ, ती मत सही थिए’, उनले भने, ‘१० वर्षपछि पुन संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको देख्छु म । त्यसलाई कार्यान्वयन गर्न अगाडि बढ्नुपर्छ ।’

कार्यक्रममा प्रचण्डले अहिलेका ठूला भनिएका दलहरुको अहंकारले यो भयंकर अवस्था आएको बताउँदै उनीहरुलाई संविधान बनाउने बेलामा पनि कुनै चिन्ता नभएको आरोप लगाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै