मोटरसाइकल बससँग ठोक्किदा १ जनाको मृत्यु

Nagarik Sewa 4431+ समाचार ( )
१५ मंगशिर २०८२, आइतबार

काठमाडौं। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा मोटरसाइकल बससँग ठोक्किदा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।

पोखराबाट कटारितर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुङातर्फ जाँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल आज आइतबार बिहान करिब ३स्२० बजे ठोक्किएका थिए । दुर्घटनामा सिन्धुलीको दुधौली नगरपालिका ३ बस्ने २५ वर्षीय महेश कुमरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई दुर्घटनास्थलबाट उद्धार गरेर उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएकोमा चिकित्सकले आज बिहान ४ बजेतिर मृत घोषणा गरेका थिए ।

सोही दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दनपुर बस्ने अन्दाजी २५ वर्षीय दिपेश कुमर गम्भीर घाइते भएका छन् । उनलाई दुधौली नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि आज बिहान ६स्५५ बजे थप उपचारका लागि बिराटनगरतर्फ पठाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार