काठमाडौं । सर्वोच्च अदालतले अनधिकृत पत्र लेखेको आरोपमा शाखा अधिकृत महिमानसिंह विष्टमाथि कारबाही थालेको छ। बुधबार विज्ञप्ति प्रकाशित गरी सर्वोच्च प्रशासनले ‘अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानुन बमोजिमको कारबाहीको प्रकृया सुरु गरिएको’ स्पष्ट पारेको छ।
सर्वोच्चका प्रवक्ता सह रजिस्ट्रार अच्युत कुईंकेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०७२।०१।१७ को श्री कारागार कार्यालय डिल्लीबजार काठमाडौँलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रकृया सुरु गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ।’