नेपाल हुँदै बिहार प्रवेश गरेका ३ जना आतङ्कवादीको स्केच सार्वजनिक

Nagarik Sewa 4431+ समाचार ( )
१२ भाद्र २०८२, बिहीबार

काठमाडौं। बिहार प्रहरीले पाकिस्तानका तीन जना आतङ्ककारी नेपाल हुँदै बिहार प्रवेश गरेको सूचनापछि उच्च सतर्कता जारी गरेको छ। प्रतिबन्धित आतङ्कवादी संगठन जैश–ए–मोहम्मदसँग सम्बन्धित ती तीन जनाको स्केच पनि प्रहरीले सार्वजनिक गरेको हो। 

परिचय खुलाइसकेका ती आतङ्ककारीहरूमा हसनैन अली (रावलपिण्डी निवासी), आदिल हुसैन (उमरकोट निवासी) र मोहम्मद उस्मान (बहावलपुर निवासी) रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू साउन दोस्रो हप्तामा काठमाडौं पुगेका थिए र गत हप्ता बिहार प्रवेश गरेका हुन्। सीमावर्ती जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरूको पासपोर्ट विवरणसमेत स्थानीय प्रशासनलाई पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

यस वर्ष नै हुन लागेको बिहार विधानसभा चुनावलाई लक्षित गरेर आतङ्ककारी गतिविधि बढ्ने आशङ्का प्रहरीले गरेको छ। यसै कारण सीमा क्षेत्रमा चेकिङ बढाइएको र प्रहरीलाई सतर्क रहन निर्देशन दिइएको हो।एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार