मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ मा स्कटल्यान्डविरूद्ध करण र भीमले नखेल्ने

Nagarik Sewa 4720+ समाचार ( )
१९ कार्तिक २०८१, सोमबार

काठमाडौं । आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग(२ मा स्कटल्यान्डविरूद्ध करण केसी र भीम सार्कीले नखेल्ने भएका छन्। 

नेपाल क्रिकेट संघ क्यानका अनुसार केसी र सार्की घाइते भएकाले नखेल्ने भएका हुन्। अमेरिकाको डालासमा नेपाली समयअनुसार आज राति सवा १० बजे स्कटल्यान्डविरूद्ध खेल्दैछ।

केसी र सार्कीको सट्टामा देव खनाल र सागर ढकालले खेल्ने भएका हुन्। यसअघि आइतबार बिहान सकिएको खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो। अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याउनेक्रममा एक बल बाँकी हुँदा नेपालले २४४ रन बनाएको थियो।

त्यसअघि गत बुधबार स्कटल्यान्डविरूद्ध भएको खेललमा नेपालले ५ विकेटले जित हात पारेको थियो। लिग- २ मा नेपालले लगातार सात खेल हार व्यहोरेपछि जीत निकालेको हो। अमेरिकाविरूद्ध भएको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। नेपाल लिग-२को सातौ स्थानमा छ। अन्तिममा युएई छ भने पहिलो स्थानमा अमेरिका छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार