नेसन्स लिग फुटबलको उपाधि पोर्चुगललाई

Nagarik Sewa 4685+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

काठमाडौं। आइतबार नेसन्स लिग फुटतबलको उपाधि स्पेनमाथि जित निकाल्दै पोर्चुगलले जितेको छ । पोर्चुगल पेनाल्टी सुटआउटमा ५–३ ले विजयी भयो।

म्युनिखमा सम्पन्न फाइनल खेल अतिरिक्त समयमा २–२ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टीमार्फत गरिएको हो । पोर्चुगलका गोलरक्षक डिएगो कोस्टाले स्पेनका अल्भारो मोराटाको चौथो पेनाल्टी बचाए । त्यसपछि रुबेन नेभेसले निर्णायक पाँचौं पेनाल्टीमा गोल गर्दै पोर्चुगलको जित पक्का गरे।

मोराटाको पेनाल्टी मात्रै असफल भयो, बाँकी सबैले सफलतापूर्वक गोल गरेका थिए । यता पोर्चुगिच कप्तान क्रिष्टियानो रोनाल्डोले आफ्नो कीर्तिमानी १३८औं अन्तर्राष्ट्रिय गोल गर्दै खेलको ६१ औं मिनेटमा पोर्चुगललाई बराबरीमा ल्याएका थिए । त्यसअघि स्पेनका मिकेल ओयार्जाबालले पहिलो हाफको अन्त्यतिर अग्रता दिलाएका थिए।

ओयार्जाबालले पेड्रीको पासमा डिएगो कोस्टालाई छक्याउँदै ४५औं मिनेटमा गोल गरेका थिए । स्पेनले  सेमिफाइनलमा फ्रान्सलाई ५–४ ले हराएको थियो । खेलको पहिलो गोल भने मार्टिन जुबिमेन्डीले २१औं मिनेटमा गरे। पाँच मिनेटमै नुनो मेन्डेसले उत्कृष्ट सट प्रहार गर्दै बराबरी गोल फर्काए। २२ वर्षीय लेफ्ट ब्याक मेन्डेस खेलको ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए। उनले नै रोनाल्डोको गोलमा बल निकाल्दिएका थिए। 

त्यस बेलासम्म रोनाल्डो थकित हुँदै ८८औं मिनेटमा मैदान छाडिसकेका थिए। उनलाई प्रशिक्षक रोबर्टो मार्टिनेजले अँगालो हाले। रोनाल्डोले यसअघि २५ वर्षपछि जर्मनीमाथि पोर्चुगललाई पहिलो जित दिलाएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै