काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ। सिंहदरबारमा बस्नेगरी बोलाएको बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ ।
मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्छ । तर हिजो सोमबार बैठक नबसेकाले आज मंगलबार बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।