काठमाडौं। प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतले पाकिस्तानी आतंकवादको विरुद्ध थालेको लडाइँमा साथ दिनुपर्ने बताउनुभएको छ। खतिवडाले आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘भारतले पाकिस्तानको आतंकवादविरुद्ध गरेको युद्धले हामी जोखिमयुक्त अवस्थामा छौँ। यो जटिलताको सामना गर्न सरकार तयारी रहोस् । साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ ।’
उहाँले धितो बोर्डको अध्यक्षले कमिसनको काण्डबारे पनि छानबिन गर्न र अख्तियार प्रमुखको अभिव्यक्तिलाई पनि ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।