गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु

Nagarik Sewa 4401+ समाचार ( )
१ माघ २०८२, बुधवार

काठमाडौं। गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा एकै परिवारका ३ सदस्य सहित कम्तिमा ५ प्यालेस्टाइनीको मृत्यु भएको छ । एकै परिवारका तीन सदस्य  (७२ वर्षीय मोहम्मद हमौदा, उनकी १५ वर्षीया नातिनी र उनकी बुहारीको मृत्यु) भएको अल-शिफा अस्पतालले जनाएको छ।

मंगलबारको आँधीहूरीमा सयौं पाल र अस्थायी आश्रयहरू पनि उडाइएका वा धेरै क्षतिग्रस्त भएका संयुक्त राष्ट्रसंघीय मानवीय कार्यालयले रिपोर्ट गरेको छ। स्थानीय अधिकारीहरुका अनुसार उक्त भवन केही समयअघिको इजरायलको आक्रमणमा क्षतिग्रस्त बनेको थियो । दुई वर्षभन्दा बढी समयदेखि जारी इजरायलको आक्रमण र मानवीय सहायताको अभावले यहाँ जनजीवन विकराल छ । १० अक्टोबरदेखि हमास र इजरायलबीच युद्धविराम लागू भएको थियो । तर, इजरायलले सम्झौता पालना गरेको छैन ।

यस क्षेत्रमा मानवीय सहयोग पुर्याउने संस्थाहरुलाई पनि इजरायलले रोक लगाएको छ । जसकारण जनजीवन थप कस्टकर बनेको छ । स्थानीय अधिकारीलाई उद्रृत गर्दै अलजजिराले मंगलबार तीनजना बालबालिकाको चिसोले मृत्यु भएको जनाएको छ । त्यसैगरी पश्चिमी रफाहमा इजरायली सेनासँगको गोली हानाहानमा दुईजनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघ र यसका मानवीय साझेदारहरूले गाजामा पाल, पाल, कम्बल र लुगाका साथै पोषण र सरसफाइका सामग्रीहरू वितरण गरिरहेका छन्, संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ।

गाजास्थित प्यालेस्टिनी एनजीओ नेटवर्कका निर्देशक अमजद शावाले गाजामा जाडो र आँधीले ठूलो संख्यामा मानिसहरू घाइते भएको बताए । उनले आँधीका कारण गाजाको तटमा रहेका लगभग १०,००० परिवार बिस्थापित हुनुपर्ने जोखिममा रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै