काठमाडौं महानगर बिरुद्ध कवाड व्यवसायीले बुझाए प्रजिअलाई ज्ञापनपत्र

Nagarik Sewa 4397+ समाचार ( )
२८ पौष २०८१, आइतबार

काठमाडौं । शान्ति सुरक्षाको माग गर्दै कवाड व्यवसायी संघर्ष समिति काठमाडौंले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कानून विपरित कवाड व्यवसायीलाई दुख दिने र अराजक गतिविधि गर्दै डोजरले घर पनि भत्काउने गरेकाले उनीहरुले शान्ति सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । 

कवाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा कवाड व्यवसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको हो । 

‘काठमाडौं महानगरले वातावरण फोहर गरेको, आगलागी घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर महानगरपालिकाले कवाडमा व्यापक तोडफोड गरिएको स्थिति छ । कवाड व्यवसायीका समान जफत गरेको अवस्था छ । व्यवसायीलाई गालीगलौज कुटपिट र अभद्र व्यवहार गरेको छ’ समितिले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

समितिका अध्यक्ष गुप्ताको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा कवाड व्यवसायीका नेताहरु सरोज श्रेष्ठ, सुरेश साह, कृष्ण यादव, श्याम यादव लागयतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार