काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो कारोबारमा ३०.६० अंकले घटेको छ । सोमबार (असार २९) बजार ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा झरेको छ । बजेट तथा मौद्रिक नीतिपछि सेयर बजार निरन्तर ओरालो लागेको छ । बजार घट्दा २२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २४९ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।कारोबार भने बढेको छ । यस दिन सात अर्ब ४६ करोड ८४ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । चार करोड १७ लाख २५ हजार कित्ता सेयर ५१ हजार २९५ पटकमा खरिद–बिक्री भएको हो ।
सामुदायिक लघुवित्त, सिटिजन बैंक डिबेन्चर, आत्मनिर्भर लघुवित्त, प्रभु बैंक डिबेन्चर, नबिल बैंक डिबेन्चर उच्च कमाउने शीर्ष स्थानका कम्पनी हुन् । समूहगत सूचकतर्फ सबै समूह घटेका छन् । होटेल तथा टुरिजम समूह सबैभन्दा धेरै १.९९ प्रतिशतले घटेको छ ।