काठमाडौं। जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ। एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो।
सिमरा एयरपोर्टमा जेनजीले विरोधको कार्यक्रम गरिराख्दा युवा संघका कार्यकर्तासँग भानाभान भएको थियो। त्यस क्रममा प्रहरी र जेनजीबीच झडप भएको हो। झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ । युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजन गरेको छ ।
कार्यक्रम सम्बोधन गर्नका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेत आउन लागेका हुन् । उनीहरूलाई रोक्न जेनजी युवाहरू सक्रिय भएका छन्।