मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

२४.६३ अंकले घट्यो नेप्से

Nagarik Sewa 4720+ समाचार ( )
१६ असार २०८३, मङ्गलबार

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा कायम भएको छ। आजको बजारमा कुल ३६५ कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता सेयरहरू ७९ हजार २८६ पटक खरिदबिक्री भए। जसबाट कुल ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका कम्पनीहरूमध्ये जम्मा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको मूल्य घटेको छ। ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ। बजार ओरालो लागे पनि केही कम्पनीको सेयर मूल्यमा भने उछाल आएको छ। आज सबैभन्दा बढी कमाउनेमा स्नो रिभर्स लिमिटेड रहेको छ, जसको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर ४५४.२० पुगेको छ।

समूहगत रुपमा आज सबै सूचक घटेका छन् । ट्रेडिङ समूहमा सबैभन्दा धेरै १।७४ प्रतिशत गिरावट देखिएकव छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १३.०४ प्रतिशत र स्वाभिमान लघुवित्तको मूल्य १०.८० प्रतिशतले वृद्धि भएको छ। टक्सार पिखुवाखोल हाइड्रोपावर भने सर्वाधिक १४.०३ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज सिद्धार्थ बैंक शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको १३ करोड ३९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै टक्सार पिखुवाखोला हाइड्रोपावरको ११ करोड ३२ लाख र आँखुखोला जलविद्युतको ९ करोड ८९ लाख बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार