काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित उपचारका लागि सिङ्गापुर जाने हुनुभएको छ। गत २४ भदौमा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले रातको समयमा उद्धार गरेर देउवालाई सैनिक अस्पतालमा उपचारका लागि पुर्याएका थिए ।
त्यसपछि देउवा २८ असोजमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाएर आराम गरिराख्नुभएको छ।