मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली

Nagarik Sewa 4669+ समाचार ( )
१९ फाल्गुन २०८२, मङ्गलबार

काठमाडौं । युनाइटेड अरब इमिरेट्सको दुबईस्थित विमानस्थललाई ‘ट्रान्जिट’ बनाएर नेपाल आउँदै र अन्यत्र जाँदै गरेका १०८ नेपालीलाई त्यहाँका विभिन्न होटेलमा राखिएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार (फागुन १९) पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।

परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार, एयर अरेबियाको उडानमा रहेका २८ नेपाली दुबई ट्रान्जिटमा छन् । तीमध्ये दुईजना अजमान होटेलमा रहेको उनले जनाए । “उहाँहरू सबै काठमाडौं आउन लागेका हुन् । एयर अरेबियासँग कुराकानी भइरहेको छ,” महाशाखा प्रमुख खड्काले भने ।

यस्तै, फ्लाई दुबईमार्फत विभन्नि गन्तव्यमा जाँदै गरेका ८० नेपाली पनि अहिले दुबईमा रहेका छन् । “उहाँहरूलाई दुबईको होटेलमा राखिएको छ । काठमाडौं उडान गर्न सकिने नसकिने सम्बन्धमा महावाणिज्य दूतावासले फ्लाई दुबईसँग सम्पर्क गरिरहेको छ,” उनले भने ।

ट्रान्जिटमा रहेका नेपालीलाई प्राथमिकतामा राखेर नेपाली नियोगहरूले काम गरिरहेका उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार