सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन आज

Nagarik Sewa 4640+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

धनगढी। सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन बुधबार  बिहान ८ बजेदेखि भइरहेको छ। विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा सार्वजनिक गरिएको तालिकाअनुसार निर्वाचन केन्द्रीय क्याम्पससहित १६ वटा क्याम्पसमा तोकिएको थियो। तर, केन्द्रीय क्याम्पसमा उत्पन्न विवादका कारण निर्वाचन स्थगित गरिएको छ। त्यस्तै, तीन क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ।

कैलालीको कैलाली, दुर्गालक्ष्मी र टीकापुर बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी, बैतडीको जगन्नाथ, पाटन र मणीलेक बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, डोटीको घण्टेश्वर, दार्चुलाको गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस तथा बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढाइएको छ।

तर, विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने अनेरास्ववियू ९एकीकृत समाजवादीनिकट० र अखिल समाजवादी ९नेकपा निकट० ले संयुक्त रूपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले वास्तविक विद्यार्थीलाई मतदानबाट वञ्चित गराउने प्रयास भएको आरोप लगाउँदै विरोधस्वरूप तालाबन्दी गरेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै