मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |
मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |


सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

Nagarik Sewa 4382+ समाचार ( )
३ पौष २०८१, बुधवार

काठमाडौं। सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको सानदार जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाएको छ । सुदूरपश्चिमले अब उपाधिका निम्ति दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

सुदूरपश्चिमसँग पराजित जनकपुरले भने अब फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको दोस्रो क्वालिफायर बिहीबार दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ ।बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले प्रस्तुत गरेको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले ५८ रन बनाए । उनले ५५ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । एनपीएलमा विनोदको यो पहिलो अर्धशतक हो । विनोदले पहिलो विकेटका निम्ति अर्का ओपनर सबै जैबसँग ७.३ ओभरमा ५६ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । किशोर महतोको ओभरमा जिम्मी निसमबाट क्याच हुनुअघि जैबले ३२ रन बनाए । उनले २१ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

५६–१ को स्थितिबाट विनोदले दोस्रो विकेटका निम्ति ब्रान्डन म्याकमुलमसँग ५९ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई सहज जिततर्फ डोहोर्‍याएका थिए । १५औँ ओभरको पहिलो बलमा ललित राजवंशीले निसमबाटै क्याच गराउनुअघि म्याकमुलमले २५ रन जोडे । उनले १९ बलमा एक चौका र एक छक्का प्रहार गरे । विनोदसँगै अविजित रहेका कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन बनाए ।

जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो ।

जिम्मी निसमले सर्वाधिक ४५ रन बनाए । अर्धशतकबाट पाँच रनले चुकेका निसमले २३ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । निसमलाई १९औँ ओभरको चौथो बलमा स्कट कुग्गेलेनले बोल्ड गरे । सुभ कंशाकारले २४ बलमा चार चौकासहित २६ रन जोडे । सुभलाई नवौँ ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए । ओपरन लहिरु मिलान्थाले १२ रन थप्दा कप्तान आसिफ सेख र अर्निको यादवले समान ११ रन बनाए । नियमित कप्तान अनिल साह हातमा लागेको चोटका कारण खेल नसक्ने हुँदा आसिफले कप्तानीको जिम्मेवारी पाएका हुन् । शेर मल्लले दुई तीन बलमा तीन रन थपे । आकाश त्रिपाठी चार रनमा अविजित रहादा किशोर महतोले दुई रन जोडे ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । सैब जैबले दुई विकेट लिए । स्कट कुग्गेलेनले एक विकेट लिए । दीपेन्द्रले जनकपुरका ओपनर लहिरु मिलान्था, अर्निको यादव र मोहसिन मोहमदको विकेट लिए । जैबले आसिफ सेख र हर्ष थाकेरको विकेट लिए । स्कट कुग्गेलेन र अभिनाश बोहराले समान एक विकेट लिए । कुग्गेलेन जनकपुरका जिम्मी निसमलाई पभेलियनको दिशा देखाएका थिए । अभिनाशले शेर मल्लाई ब्रान्डन म्याकमुलमबाट क्याच गराएका थिए ।

यी दुई टिमबीच लिग चरणमा भएको खेलमा पनि सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले जनकपुरविरुद्ध ७२ रनको सहज जित निकालेको थियो ।

लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोेडेको थियो । समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार