मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

प्रेम दिवस विशेष कविताः खै के बनेर आयौ तिमी मेरो जिवनमा?

Nagarik Sewa 4669+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

बसन्त ऋतु बनि आयौ तिमी,

पूर्णिमाको जून बनि आयौ तिमी,

पराई तिमी, ईश्वर बनि आयौ तिमी,

भौंतारिदै थिए सायद पाईलाहरु कतै मेरा, गन्तव्य बनि आयौ तिमी,

खै के बनेर आयौ तिमी मेरो जिवनमा।

मेरो जीवनको अर्थ बनि आयौ तिमी,

मेरो कमिको पूर्णता बनि आयौ तिमी,

मेरो जीवनको सप्तरंगी इन्द्रेणी बनि आयौ तिमी,

मेरो खास बनि आयौ तिमी,

खै के बनेर आयौ तिमी मेरो जिवनमा।

मेरो आँसुको मूल्य बनि आयौ तिमी,

मेरो हारको हिम्मत बनि आयौ तिमी,

मेरा हरेक प्रयासको सफलता बनि आयौ तिमी,

मेरो हरेक सफलताको खुशी बनि आयौ तिमी,

खै के बनेर आयौ तिमी मेरो जिवनमा।

म, बिना सन्तानको आमा बनि आयौ तिमी,

मेरो वयस्कको वालापन बनि आयौ तिमी,

मेरो हरेक गल्तीको माफी बनि आयौ तिमी,

मेराे संरक्षण बनि आयौ तिमी,

खै के बनेर आयौ तिमी मेरो जिवनमा।

शुद्ध जलको हिरा बनि आयौ तिमी,

ममताको छुट्टै परिभाषा बनि आयौ तिमी,

मायाको बेग्लै खानी बनि आयौ तिमी,

प्रेमको सुन्दर आभाष बनि आयौ तिमी,

यसरी नै सधैं भरी तिमी विभिन्न रूपमा मेरो लागि आइदिरहनु है सानु ।

मेरो हरेक कमीहरुलाई पूरा गर्दै सधैं तिमी संगै राखहै सानु।

मलाई माया गर्ने तिमी त छौ एउटा ।

I Love You ♥️♥️♥️♥️🌹🌹

Happy Propose day Mero Maya ♥️♥️.

उर्मिला श्रेष्ठ

खाँदबारी -९, संखुवासभा, 

लेखक हाल ग्लोबल आइएमई बैंकमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

Sharmila KC २९ माघ २०८२, बुधवार

awesome

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार