काठमाडौं। सर्वोच्च अदालतमा आगजनी गर्ने ५ जना पक्राउ परेका छन्। प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
भदौ २४ गते भएको विध्वंशमा सर्वोच्च अदालतमा आगजनी गरिएको थियो । आगजनीपछि सर्वोच्चमा २० हजार बढी मिसिल जलेका थिए ।